Saturday 7th March 2026

चन्द्रावती अधिकारीको दिक्पाल छन्दमा कविता


छन्दः दिक्पाल
गणः त र म ज गु गु
गण सङ्केतः ककष्- कष्क-ककक-ष्कष्-कक

पीडा बुझेर हाम्रा आए युवा अगाडि
देशै लुटेर खाने पारी सबै पछाडि ।
खाँचो थियो कसैको पुछ्ने छ आँसु हाम्रो
बाँकी छ देश खोक्रो पारे सबै नराम्रो

बन्ला कि देश केही भन्ने छ चाह आज
जोडेर काँध आऊ हाम्रा सबै समाज ।
फिर्ता गरेर हाम्रा सारा युवा विदेशी
गाँसौँ न भावनाको माला उनी स्वदेशी ।

खोला कुवा र धारा सारा सुके पँधेरा
संस्कार मासिँदै छन् छाडा भए बचेरा
बालेर चेतनाको बत्ती बनेर आए
छेकेर साँध सीमा लाठी बनेर आाए ।

हाम्रा पहाड पाखा नाङ्गा बनेर रुन्छन्
बेरोजगार रोगी भोका भएर रुन्छन्
चालेर बालुवामा मिल्ने छ स्वणर्चाँदी
नेपाल देश हाम्रो आएन खै अगाडि ?

पीडा हजार हुन्छन् सुन्दैन आज कोही
आशा गरेर तिम्रो ल्याए यहाँ अगाडि
आऊ डटेर हाम्रा आँखा पुछेर हेर
लाली छरेर हाम्रो प्रातः बनेर हेर ।

चन्द्रावती अधिकारी, लमजुङ दुराडाँडा २ हाल बाँके कोहलपुर ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...