Sunday 25th January 2026

अल असम मणिपुरी पिपुल्स कन्भेन्सन 2022 भव्य रूपमा सम्पन्न


डा. हरिमोहन पोखरेल , कोहिमा /अल असम मणिपुरी युवा संगठनको तत्वावधानमा अल असम मणिपुरी पिपुल्स कनभेनसन 2022 असमको सिलचरमा भव्य रूपमा संपन्न भएको छ ।
प्राप्त समाचार अनुसार मणिपुरका मुख्यमंत्री एन बिरेन सिहं मुख्य अतिथिको आसनबाट बोल्दै उनले भने कि असम र मणिपुरको संबंध अति नै प्राचीन रहेको छ ।
उनले अगाडि भने कि मणिपुरको सेनापति जिला अन्तर्गत मयाङखाङ भन्ने ठाउँमा असममा अहोम जातिहरू बसोबास गरेको कुरा जान्न पाइन्छ । यसरी नै असमका धेरै जसो ठाउँमा भने मणिपुरेलीहरूले बसोबासो गर्दै आएको र हाडछाला सरह बनेकोले एउटा ऐतिहासिक कार्य भइरहेको कुरा उनले बताए ।
विश्वका विभिन्न मुलुकमा बसोबासो गर्ने मणपुरीहरूको जमघट माझ उनले थपे कि विश्वमा हाम्रो मणिपुरी जातिले पनि सक्दो विकास र समृद्धिको बाटोमा अग्रसर रहदै योगदान गर्ने अपील गरे ।
उनले अगाडि असम सरकारलाई असमेली मणपुरीहरूको विकासको लागि पाइला उठाउने कुरा गरे ।
यस अवसरमा विविध साँस्कृतिक कार्यक्रमहरूको आयोजना पनि थियो ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...