डा. हरिमोहन पोखरेल, कोहिमा /एउटा अति नै विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार नागालैंड सरकार र एनएससीएन ( आई एम ) बीच कडा रूपमा बातचीत चली रहेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार सूत्रले जनाएको छ कि 2023 को विधान सभा चुनाव अगाडि नै नागा शान्ति वार्ताको स्थाई समाधान खोज्ने तथा राज्यमा शान्ति र सौहार्दपूर्ण माहौलको सृजना गर्ने तखरख पनि सरकारले पहल गरेको कुरा थाहा पाइएको छ ।
सूत्रबाट प्राप्त समाचार अनुसार राज्यको कोर कमिटीले आई एमका उच्चस्तरीय अधिकारीसँग कुराकानी गरेर माॅगमा राखिएको सांस्कृतिक ध्वजा र संविधानको कुरा भने राखिरहने कुरा पनि बताएको छ ।
कोर कमिटिका एकजना सक्रिय कार्यकर्ताले कोहिमामा बताए अनुसार अब नागा शान्ति वार्ताको स्थाई समाधान चाँडै हुने र क्षेत्रको विकास भने शीघ्र रूपमा हुने कुरा गरेका छन ।यो समाचार लेखुंजेल सम्म सरकार र आई एम बीच आगामी एकतीस मई सम्म जारी रहने नै छ।
स्मरण रहोस केन्द्र सरकार र नागालैड सरकार चाडै नै स्थाई समाधान खोजी रहेका छन ।कहाॅ सम्म सरकार सफल होला त्यो त आउने भविष्य नै बताउला ।।
—-
कोहिमा नागालैंड भारत ।।