Tuesday 13th October 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २४


स्रष्टा परिचय
नाम :गणेश नेपाली
जन्मस्थान: बगनासकाली १ बगनास,पाल्पा
बुवा:धनबहादुर नेपाली
आमा:उत्तमकुमारी नेपाली
शिक्षा:स्नातक
पेसा: स्वास्थकर्मी
प्रकासित कृति:
छाती चर्किएपछि (गजलसंग्रह २०६०)
स्रष्टाश्रृजना: पाल्पा( संयुक्त गजलसंग्रह २०७५)
अछुत (लघुकथासंग्रह)
पत्रपत्रिका विभिन्न रचना प्रकासित।
सम्पादन: काचुली साहित्य पत्रिका ,२९
संलग्नता:
बगनासकाली साहित्य परिषद् ।
शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पा

रचना
गजल

यो ज्यानले कति खायो,लाठी बुट साथी
सहेकै हो हात खुट्टा,टुटफुट साथी

जनताको पसिनाले,लागेर होकि मात
पोल खोल्दै गर्छौ कति,कुटाकुट साथी

रगत सङ्ग खेल्न,भ्रष्टाचारमा डुब्न
कसले दियो भन त,यस्तो छुट साथी

ज्यानमा गोलि छररा,बोक्नेलाई बिर्सेर
गर्दैछौ रे शहरमा ब्रहमलुट साथी

भागबन्डा र कुर्चिलाइ,अगालो हाले नि
अरु बेला देखिएन,एकजुट साथी


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...