Tuesday 8th July 2025

मणिपुरमा तीन दिने सिरोई फेस्टिवल शुरू ,विभिन्न जातिहरूको उपस्थिति


डा. हरिमोहन पोखरेल , कोहिमा /मणिपुर राज्यको ऊखरूल जिल्ला अंतर्गत सिरोई गाउँमा राज्यस्तरीय सिरोई फेस्टिवल शुरू भएको छ ।

आजबाट शुरु भएको तीन दिने समारोहलाई सम्बोधन गर्दै राज्यका महामहिम राज्यपाल एल गेलिशनले भने कि आजको समयमा कुनै पनि पर्वले जाती र संस्कृति बोकेको हुन्छ ।जसलाई हामीले बचाई राख्नु अत्यन्त आवश्यक छ ।

मुख्य अतिथिको आसनबाट बोल्दै राज्यपालले भने कि सिरोई लीली एउटा पवित्र पुष्प मात्र नभएर संसारलाई जोड्ने एउटा पवित्र प्रतीकको रूपमा चिनिन्छन।यसले विश्व बंधुत्वको एउटा ठूलो संदेश दिएको छ ।

यसै अवसरमा राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरमा आज विभिन्न समस्याहरू देखा परे पनि सिरोई उत्सव मनाउन पाउनु एउटा ऐतिहासिक कदम हो ।आजको युगमा यसको भूमिका अलग्गै रूपमा रहेको छ । उनले अगाडि भने कि समय संग संगै हामी पनि प्रगतिको पथमा अवश्य पनि सफल हुनेछौ ।

यस अवसरमा राज्यका विभिन्न जातिगत कला र संस्कृति नृत्यहरू पनि प्रदर्शन गरेका थिए भने राज्यका सिविल तथा सरकारी निकायबाट पनि बाक्लो उपस्थिति रहेको थियो ।
स्मरण रहोस् प्रत्येक वर्ष मणिपुरमा सिरोई महोत्सव मनाउने गरिन्छ ।जसको बेग्लै इतिहास छ ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

गएराति देखि शुरु भएको अविरल वर्षासँगै रसुवामा आएको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् ।…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा वार्ताका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आतिथ्यता दिएका थिए भने इजरायली अधिकारीहरूले अमेरिकाको…

प्रतिकृयाहरू
...