Thursday 25th April 2024

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दाहाल दोश्रो पटक निर्वाचित


भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल दोश्रो पटक पनि निर्वाचित भएकी छन् । दाहालले एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ फराकिलो मतान्तरले पराजित गर्दै दोस्रोपटक महानगरपालिका प्रमुख बनेकी हुन्। दाहालले ५२ हजार ३० मत ल्याउदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन्।

अघिल्लो स्थानीय तहको चुनावमा भन्दा दाहालले ८ हजार ९०३मत बढी ल्याएकी छन्। त्यतिखेर ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। देवी ज्ञावालीले ४२ हजार ९२४ मत ल्याएका थिए। तर, अहिले ज्ञवालीले भन्दा २ हजार ३४३मत कम ल्याएका छन्।

सुवेदी वाग्मती प्रदेशको संसाद पदबाट राजिनामा दिएर महानगरपालिका प्रमुखमा लड्न आएका थिए । सुवेदीले एमालेका वडाध्यक्षहरुले ल्याएको मत पनि ल्याउन सकेनन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार १९१मतान्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका छन्। अधिकारीले ५२ हजार ८ सय १२ ल्याउँदा प्रतिस्पर्धी गुरुङले ३० हजार मतप्राप्त गरिन्।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...