Thursday 25th April 2024

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था मिलाउने


राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । मंगलबार अपराह्न ४ बजेपछि सुरु संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारको नीति तथा कार्यक्रम आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले पारित गरेको थियो ।

सरकारले नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति लिएको छ भने गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ ।

नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरिएको छ। सो को लागि निर्वाचनसँग सम्बन्धित एकीकृत कानुनको तर्जुमा गरि आधुनिक सूचना प्रविधिको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने उल्लेख गरिएको छ भने सामाजिक सञ्जालहरुलाई कानुन र करको दायरामा ल्याइने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

प्रतिकृयाहरू
...