Friday 29th March 2024

ललितपुर महानगरको मेयरमा भारी मत अन्तरका साथ चिरीबाबु महर्जन निर्वाचित


ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन भारी मत अन्तरका साथ दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । तर उपमेयरमा भने एमालेका तर्फबाट मञ्जली शाक्य निर्वाचित भएकी छन् ।

ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेकोमा महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए ।

उपमेयरमा एमालेकी मञ्जली शाक्यले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...