Thursday 22nd October 2026

९७ दिन होटलमा बसेको १० हजार केडी बिल नतिरे पछी


९७ दिन होटलमा बसेको बिल नतिरेको भन्दै कुवेतमा एक नागरिकविरुद्ध प्रहरी चौकीमा उजुरी परेको छ । होटल व्यवस्थापनका अनुसार अभियुक्तले एक कूटनीतिज्ञको नक्कल गरेको र ९७ दिनसम्म (फेब्रुअरी १६, २०२२ देखि) हालसम्म उक्त होटलमा बसेका थिए ।

अरब टाइम्सका अनुसार उनको पूरै बसाइको बिल १०,००० दिनार(नेरु करिब ४० लाख) आएको छ। पाहुना धनी देखिएर महँगो गाडीमा यात्रा गर्दै आफूलाई कूटनीतिज्ञ भनेर चिनाएकाले होटल व्यवस्थापन यतिबेलासम्म मौन बसेको जनाईएको छ।

उनीसँग पैसा माग्दा उनले हाल बिल तिर्न नसक्ने बताए पछी उनी बिरुद्द मुद्दा दायर गरिएको हो । प्रहरीले अनुसन्धान गरिरहेको र आवश्यक कानुनी कारबाही अघि बढाइएको जनाइएको छ् ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...