Thursday 25th April 2024

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०२ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०२ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ ४ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार बाछिटा सह प्रवर्तक खगेन्द्र वस्यालको प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा बम बहादुर थापा, कलानिधि दाहाल,गंगा लिगल,दुर्गा भमरकाेटेको विशेष अातिथ्यता अनि सुधा बास्काेटा ढकालकाे कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अन्य अतिथि साहित्यकारहरु क्रमश.सिता पाण्डे,चुडा निर्भिक,उर्मिला पन्त,शुरेश घिमिरे,लक्ष्मी प्रसाद मिश्र,शारदा अाचार्य,सीता घिमिरे,टेक बहादुर लाैडारी,सरस्वति श्रेष्ठ,द्वारिका कुईंकेल,यज्ञलाल सुवेदी,र चन्द्रावति अधिकारी १९ जना सर्जकहरुले अा-अाफ्ना कविता,खाेरिया सुसेली वाचन गर्नु भयाे ।

प्रमुख अतिथि खगेन्द्र बस्यालले साहित्य भनकाे ठूलाे परिवारमा बस्नु हाे ।जहाँ बढी बढी जमात देख्छु त्यहा म ज्यादै खुशी हुन्छु ।चन्द्रागिरिले साहित्यकाे विकाशमा ठूलाे याेगदान गरेकाे छ भन्नु हुँदै अाफ्नाे रचना बाछिटा वाचन गर्नु भयाे । बरिष्ठ साहित्यकार डा,बम बहादुर थापाले चन्द्रागिरिकाे नियमित कार्यक्रमकाे मुक्त कण्ठले प्रशंसा गर्नु हुँदै
अझ प्रगतिकाे शुभकामना दिनु हुँदै कविता सुनाउनु भयाे ।

अर्का विशेष अतिथि कलानिधि दाहालले कविता हावामा कुँद्ने हाेइन वैचारिक दृष्टिकाेण बलियाे हुनु पर्छ भन्नु भयाे । विशेष अतिथि गंगा लिगलले चन्द्रागिरिकाे नियमित र विधागत कार्यक्रमले धेरै स्रष्टालाई अभ्यासकाे अाधार थलाेकाे रुपमा माैका दिएकाे उल्लेख गर्नु भयाे प्रगती र उन्नतिले शिखर चुमाेस् भन्नु भयाे ।

अन्तमा जनार्दन अधिकारी धड्कनले १०२ श्रृङ्खला सम्म निरन्तर यहाँहरुकाे माया,भावना र समयकाे याेगदान भएकाेले याे चसाप्रने काे कार्यक्रम अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकाे हाे ।अाजका प्रमुख अतिथि ज्यू,र जाेडिनु हुने सम्पूर्ण स्रष्टाहरू,संरक्षक ज्यू,कार्यक्रम संयाेजक सुधा बास्काेटा ढकाल लगायत सम्पूर्ण अाजका उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै खाेरियाकाे सैदान्तिक अवधारणा प्रष्ट्याउँदै खाेरिया वाचन अनि छन्द कविता वाचन गरि कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...