Wednesday 9th July 2025

लगातार वर्षापछिको बाढीले मणिपुरमा पनि खतराको संकेत


डा. हरिमोहन पोखरेल, कोहिमा /केही दिनदेखिको लगातारको वर्षापछिको बाढीले मणिपुरमा पनि खतराको संकेत देखाएको छ ।

मणिपुरको इंफाल नदीमा खतराको निशानी भन्दा माथि बनेको मोइराङखोम, बामोन कंपु ,मिनुथोङ लगायत सिङजमाई आदि इलाकाहरूमा पानी भरिएको खबर छ ।

राज्यका मुख्यमन्त्रीले हिजो इम्फाल नदीको निरीक्षण गर्दै बाढी पीढ़ितहरूलाई राहत सामाग्री वितरण गर्ने कुरा गरेका छन ।

विभिन्न स्वयंसेवी संस्थाहरू तथा एसडीआरएफका टीमहरूले पनि धेरै भन्दा धेरै राहत पुर्याई रहेको कुरा जानकारीमा आएको छ ।

यो समाचार लेखुंजेल सम्म मणिपुरमा पानी निरंतर रूपमा परिरहेको छ र अहिले सम्म कतै कुनै अप्रिय घटना भने घटेको छैन ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...