Saturday 20th June 2026

झण्डै ७० प्रतिशत स्थानीय तहको मत गणना सकियो, कांग्रेस सबैभन्दा ठुलो दल


स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत गत बैशाख ३० गते सम्पन्न निर्वाचनको मगतगणना झण्डै ७० प्रतिशत  स्थानीय तहमा सम्पन्न भएको छ । हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेर सबैभन्दा ठुलो दलको स्थान ओगटेको छ ।  देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ५०५ स्थानीय तहमा मतगणना कार्य सकिएको छ ।

नेपाली कांग्रेसले हालसम्म २२६ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ २१३ उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका छन् ।

त्यसै गरि एमालेले अहिलेसम्म १४५ प्रमुख तथा अध्यक्ष र १५१ उपप्रमुख तथा उपाध्यक्ष जितेर दोश्रो ठलो दल बनेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हालसम्म ९८ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ भने १०५ उपप्रमुख तथा उपाध्यक्ष पद जित्न सफल भएको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १० स्थानीय तहको प्रमुख तथा अध्यक्ष तथा ११ उपप्रमुख तथा उपाध्यक्ष पद जित्न सफल भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले हालसम्म ९ पालिकाको प्रमुख तथा अध्यक्ष ७ उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ ।

त्यसै गरी लोकतान्त्रिक समाजवादी पार्टीले १-१ प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पद जितेको छ भने अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले हाल सम्म १६ प्रमुख तथा अध्यक्ष र १६ उपप्रमुख तथा उपाध्यक्ष पद जितेका छन् ।

 


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...