डा. हरिमोहन पोखरेल, कोहिमा/निरंतर रूपमा पानी परेकोले पूर्वोत्तर भारतमा धेरै बाढी पहिरो गएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार असमको हाफलोङमा रेल स्टेसन नै बगाएर स्वाहा पारेको र दुई जना मानिसको ज्यान समेत गएको छ । मणिपुरका विभिन्न भागहरूमा पनि भेल बाढीले आईटी रोडको हालत निकै गंभीर अवस्थामा रहेको कुरा सुन्नमा आएको छ । यसरी नै अरूणाचल र मेघालयको केही ठाउँमा बाटो थुनिएको कुरा जानकारीमा आएको छ ।
मौसम विज्ञान विभागले जनाएको जानकारी बमोजिम आगामी २२ तारीख सम्म निरंतर पानी पर्ने र ठूलो भन्दा ठूलो बाढी पहिरो जाने कुरा जनाएको छ ।
पूर्वोत्तरका सबै राज्यका एनडीआरएफ टिमलाई पनि सतर्क गराउने संकेत सम्म विभागले दिएको छ ।
हेर्दै जाऔ मौसमले कतिको हानी नोक्सानी गर्ने हो ।त्यो त आउने भविष्य नै बताउला ।
—
कोहिमा नागालैंड भारत