Sunday 28th April 2024

षड्ऋतु – चुनाव -शोभा आचार्य गौतम


षडऋतु
चुनाव

चुनावी माहोल
प्राचार प्रसार
दौड धुप ओहो
एक अर्को पाटी
तछाड मछाड
जित्ने कसले हो।

भोट दिने हामी
जित्ने छन पाटी
कुन पाटी जित्ला
नेता को आउला
कुर्चि को पाउला
छानेरै दिउला।

भासण छ कडा
सडक र पानी
श्वास्थ्य अनी शिक्षा
सुनिश्चित गर्छु
भन्दै छन नेता
आशमा जनता।

भाशण सिमित
नहोस नेताजी
जनता हौ हामी
सच्चा अनि पक्का
नेपाली गौरब
नेपाल को सान।

असल चुनौ है
यो पाली सबले
पैसा अनि कुर्सी
महत्त्व नदिने
ईमानदार नेता
बोली होस पक्का।

बिकास को काम
अगाडि बढोस
हाम्रो भोट कतै
खेरानजावोस
जनता को बोली
सुनुवाइ होस।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...