Saturday 7th March 2026

षड्ऋतु – चुनाव -शोभा आचार्य गौतम


षडऋतु
चुनाव

चुनावी माहोल
प्राचार प्रसार
दौड धुप ओहो
एक अर्को पाटी
तछाड मछाड
जित्ने कसले हो।

भोट दिने हामी
जित्ने छन पाटी
कुन पाटी जित्ला
नेता को आउला
कुर्चि को पाउला
छानेरै दिउला।

भासण छ कडा
सडक र पानी
श्वास्थ्य अनी शिक्षा
सुनिश्चित गर्छु
भन्दै छन नेता
आशमा जनता।

भाशण सिमित
नहोस नेताजी
जनता हौ हामी
सच्चा अनि पक्का
नेपाली गौरब
नेपाल को सान।

असल चुनौ है
यो पाली सबले
पैसा अनि कुर्सी
महत्त्व नदिने
ईमानदार नेता
बोली होस पक्का।

बिकास को काम
अगाडि बढोस
हाम्रो भोट कतै
खेरानजावोस
जनता को बोली
सुनुवाइ होस।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...