Wednesday 9th July 2025

जलवायु परिवर्तनको कारण नागालैंडको मौसममा परिवर्तन


डा. हरिमोहन पोखरेल, कोहिमा /विश्वव्यापी जलवायु परिवर्तनको कारण संसारभर माैसम परिवर्तन भइरहेको छ । नागलैंडमा पनि यसको प्रभाव देखिन थालेको छ । नागालैंडमा बदलिँदो मौसमको प्रभावले दिन प्रतिदिन मानिसहरू त्रस्त भएका छन ।

यहाँ माई महिनाको पहिलो सातामा नै मौसममा घरि पानी पर्ने र घरि -घरि चर्को घामले गर्दा मानिसहरूले आफैमा एक प्रकारको असजिलोपन महशुस गरेका छन।

अर्कातिर भने मौसम विज्ञान विभागले जनाएको छ कि आगामी साता सम्म छिटपुट वर्षा हुने र धेरै भन्दा गर्मी हुने साथै ऑधी तूफान पनि आउने संभावना बताएको छ ।
मौसमको कुरालाई लिएर खेतीवालाहरू संग संपर्क गर्दा उनीहरू भने समयमा पानी नपरेकोले गर्दा खेतीबारी लगाउन दिक्कत भएको कुरा गर्दछन ।
हेर्दै जाऔ कहिले सम्ममा मौसममा सुधार होला त्यो त आउने भविष्य नै बताउला ।।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

प्रतिकृयाहरू
...