Wednesday 9th July 2025

मणिपुरेली किरात संघले शाखा खोल्यो


डा. हरिमोहन पोखरेल, कोहिमा/अबेर गरि प्राप्त समाचार अनुसार मणिपुरेली किरात संघ केन्द्रीय कार्यालय काङलातोङबी द्वारा राज्यको काङपोकपी जिल्ला अन्तर्गत मकुई शाखा विधिवत रूपमा गठन गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार मणिपुरेली किरात संघको केन्द्रीय समितिका सल्लाहकार श्री मणिकुमार लिम्बुजीको नेतृत्वमा गएको टोलीले उक्त शाखाको विधिवत थालनी भएको हो ।
किरात संघका महासचिव श्री राजेन राईजी द्वारा जारी विज्ञप्ति अनुसार सो सानो समारोहमा किरात संघका विभिन्न गतिविधिहरू प्रकाश पार्दै सो शाखा समितिको गठन गरिएको कुरा विज्ञप्तिले स्पष्ट पारेको छ ।
मणिपुरेली किरात संघका मकुई शाखा यस प्रकारले रहेको छ —
सल्लाहकार –काजीमान लिम्बु
अध्यक्ष –हरक बहादुर राई
उपाध्यक्ष –तृणसिंह लिम्बु
सचिव –राज राई
सह सचिव –अरूण राई
कोषाध्यक्ष –जीतु राई
सांस्कृतिक सचिव –राधिका राई
साहित्य सचिव –राज कु लिम्बु
सदस्यहरू —कुमार राई /श्याम कुमार राई /राम राई /आकाश लिम्बु


कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

प्रतिकृयाहरू
...