Wednesday 7th October 2026

टुक्काकार बेदु न्याैपानेका केही टुक्का कविताहरू


१.
हाम्रो देशका नेताहरू धेरै जान्ने सुन्ने षड्यन्त्रकारी भए ,
आफ्नो देशलाई लातहानी विदेशीको पुछर बनेर गए ।
२.
लाज पचाई चुनावमा जनता सामुन्ने आएका
पाँच वर्ष बेपत्ता नेताहरू फेरि माग्न धाएका ।
३.
कति गर्नु हामीले नेताको बयान देशमा ,
यिनीहरू देखिने छन् अब जोगीको भेषमा ।
४.
हामी देश बनाउँछाै भन्दै पहिला गफ ठुला गर्थे ,
सकियाे ढुकुटी देशकाे अब नेता किन अघि सर्थे ।
५.
मताधिकार प्रयाेग गर्ने दिन नजिकिँदै आयो ,
बुझाैँ कस्काे अाड भराेसामा देश विदेशीले खायो ।

✍️ बेदु न्यौपाने
काठमाडौ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...