Tuesday 13th October 2026

कविताः सिजन घोषणा पत्रको -तोयानाथ उपेक्षित


कसले कति जनता ढाट्न सक्छ
कसले कति झुट बेच्न सक्छ
उसैको पिठो विक्ने
सोझा सिधाको चामल नविक्ने
सिजन आयो घोषणा पत्रको ।

पुराना मोटरसाईकल मर्मत गर्ने
नयाँ नयाँ ठाउँ सित्तैमा डुल्न पाउने
सेकुवा र रक्सी धोक फुकाएर खाउ साथी हो
जिन्दावाद र मुर्दाबाद भनिदिए पुग्छ
नयाँ पर्व आयो घोषणा पत्रको ।

एउटा पार्टीमा मात्र होईन सवै पार्टीमा
एउटा जातिमा होईन सवै जातिमा
कहि धर्मको धमिरो छिरेको छ
कहि भारतका भारुहरु छरेको छ
विकाश र बैभवको बखान गर्ने
पहाडमा कोशी फर्काउछु भन्नेहरु
तराईमा नागरिकताको बर्षा गराउछु भन्नेहरु
गाउँ गाउँमा पसेका छन
झुटका पुलिन्दा बेचेर
तपाईको मत किन्न खोजेका छन ।

चन्द्रमा सुकुम्बासी लाई घडेरी दिन्छु भन्न सक्छन है
मंगलमा मा कारखाना खोल्छु नी भन्देलान
स्वीजरल्याण्ड बनाउने त उहिलेको कुरा हो
त्यस्तो सामान्य कुरा कसले पत्याउने
मुलुकलाई युक्रेन बनाउन दस्तखत गरेको हेक्का राखौ
चिन्ने मौका गुमाएर फेरी पछुताउने काम भो अब नगरौ
तिनका घोषणा पत्र भो पढदै नपढौ
सिजन हो झुक्याउनेहरुको ।

हामी पत्याउने पनि उस्तै
हामीलाई झुक्याउन जस्तै छौ
किन्दैछन हाम्रा अभिमतहरु
हाम्रा स्वभिमान र स्वतन्त्रताहरु
खोई सोधेको
हिजोका तिनका बाँचा कति पुरा भए ?
तपाईका पाँच बर्ष खोज्ने कसले ?
हेक्का राख्दैनौ हामी नेपाली
अहँ पटक्कै सोध्दैनौ
हामी नै उस्तै
तिनको काम त झुक्याउने हो
फेरी मख्ख हुदै चिब्रो बटार्दै बल्ल रमाउने दिन आए
अलिकती रक्सी र मासुमा
अर्को पाँच बर्ष गमाउने दिन आए
सिजन हो घोषणा पत्रको ।

-तोयानाथ उपेक्षित


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...