डा. हरिमोहन पोखरेल, कोहिमा/अमेरिकन औडियो म्यूजिकल कंपनी (SHURE )को तत्ववधानमा मुख्यमंत्री श्री नेफयू रियोले आज आफ्नै निवास स्थान कोहिमामा नागालैंडका पाॅच जना कलाकारहरू सम्मान गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्रीले सम्मान गरेका कलाकारहरूमा —
अबोलो नागा –गीतकार
तेसतो सिस्टर –लोक कलाकार
डेविड सुनार –डमर
इमलेङढा जमीर –गीतकार
अबोलो नागा –लोक कलाकार
मुख्यमंत्री रियोले भने कि म्युजिक पनि एउटा पेशा भएकोले गर्दा आज हामीले कलाकारहरू सम्मान गर्न पाउनु खुशीको कुरा हो ।यसमा अमेरिकी कम्पनीले सहयोग दिएर मान बढाएको छ ।हामी गर्व गर्छौ कि हाम्रा कलाको मूल्याङ्कन भएको छ ।
मुख्यमन्त्रीले अगाडि थपे कि मयूजिकलाई पेशा बनाएर प्रेरणाको रूपमा आउने सा -साना नानीहरूले भविष्यमा नागालैंडको नाम रौशन गर्ने छन ।
स्मरण रहोस् अमेरिकी कम्पनी सूरे ( SHURE )द्वारा पहिलो पटक नागालैंडका कलाकारहरू सम्मानित भएका हुन।यो एउटा बेग्लै इतिहास हो ।
—-
कोहिमा नागालैंड भारत ।।