Friday 11th July 2025

गुणनिधि घिमिरेका लोक छन्दका गीतहरू


हिमालको शिखरमा हिउँ परेछ सेत्तै
नजाउ कान्छी पर पर आउन बसौं यत्तै
घर ता धरान कान्छी पर्छु शरण
एकदिनता हुन्छ पक्कै हाम्रो मरण ॥

डाँडाकाँडा बनैभरी लाली गुराँस फूल्यो
तिमीलाई देखेपछि यो मन त्यतै भूल्यो
कोशी बगर कान्छी बेईमान् नगर
एकदिन ता हामीलाई लान्छन् सगर ॥

लाम्चिला ती आँखीभौंमा गाजलु ती आँखा
एक पल्ट सुनाई देउन मायालुको भाखा
तान्सेन् बजार कान्छी माया हजार
मायालु हजार बेईमान नगर ॥
~~~~~~~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे, अमेरिका


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...