Tuesday 31st March 2026

गुणनिधि घिमिरेका लोक छन्दका गीतहरू


हिमालको शिखरमा हिउँ परेछ सेत्तै
नजाउ कान्छी पर पर आउन बसौं यत्तै
घर ता धरान कान्छी पर्छु शरण
एकदिनता हुन्छ पक्कै हाम्रो मरण ॥

डाँडाकाँडा बनैभरी लाली गुराँस फूल्यो
तिमीलाई देखेपछि यो मन त्यतै भूल्यो
कोशी बगर कान्छी बेईमान् नगर
एकदिन ता हामीलाई लान्छन् सगर ॥

लाम्चिला ती आँखीभौंमा गाजलु ती आँखा
एक पल्ट सुनाई देउन मायालुको भाखा
तान्सेन् बजार कान्छी माया हजार
मायालु हजार बेईमान नगर ॥
~~~~~~~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे, अमेरिका


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...