Friday 25th September 2026

गभर्नर अधिकारीलाइ निलम्बन गर्ने निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाइ निलम्बन गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारलाइ अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई पदमा बसेर जिम्मेवारी पूरा गर्न बाटो खुलेको छ ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सर्वाेच्चको नियमावली, २०७४ को नियम ४९ (२) बमोजिम निवेदकलाई पदीय जिम्मेवारी बहन गर्न दिन भन्दै विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशसँगै सर्वोच्चले यही वैशाख १३ गते छलफलका लागि दुवै पक्षलाई डाकेको छ । चैत २४ मा मन्त्रिपरिषद्ले गभर्नरविरुद्ध सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेलगत्तै गर्भनर अधिकारी निलम्बनमा परेका थिए ।

निलम्बनपछि न्याय माग्दै गभर्नर अधिकारी सर्वोच्चको ढोका ढकढक्याउन पुगेका थिए । गभर्नर अधिकारीले गैरकानूनी, बदनियतपूर्ण र पूर्वाग्रही ढंगले जाँचबुझ समिति गठन गरेर आफूलाई निलम्बन गरेको निवेदन दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...