Wednesday 7th October 2026

शोभा आचार्य गौतमका नयाँ वर्ष विशेष षड्ऋतुहरू


१
नयाँ वर्ष आयो
स्वागत छ फेरि
आशा र भरोषा
उहीँ यथावत
लिएर आवोस
हर्ष र उल्लास ।
२
साल फेरिए झै
नयाँ जोस सङ्गै
अभाव को चिर्दै
खुसियाली सङ्गै
लिएर आवोस
साल नयाँ बन्दै ।
३
रोग ब्याधि दुख
पर पर सार्दै
सोच बिचारमा
सकारात्मकता
भर्दैआवोस ल
उमंग छर्किदै ।
४
जस्तै परिस्थिति
आए पनि यहाँ
लडने साहस
भर्दै आवोस है,
नयाँ वर्ष धेरै
खुसियाली लिदै ।
५
बसन्त ऋतुको
सुन्दर पालुवा
जस्तै आवोस ल
नयाँ वर्ष यहाँ,
सुन्दर बिहानी
झै सुनौलो बन्दै ।
६
हर्ष उल्लासका
साथमा सधै झै
मनाए जसरी
मनाउने ईच्छा,
आवोस यो वर्ष
आशाहरु भर्दै।

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...