Saturday 1st August 2026

सत्ता गठबन्धनले महानगर र उपमहानगर प्रमुख, उपप्रमुख केन्द्रबाटै तोक्ने


स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बाँडफाँटको निर्णय केन्द्रीय संयन्त्रले गर्ने सहमति भएको छ । मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले यस्तो निर्णय गरेको हो ।

यस्तै नगरपालिका र गाउँपालिकाका उम्मेदवारको सन्दर्भमा मेयर, उपमेयर साथै अध्यक्ष र उपाध्यक्ष पदको सिट बाँडफाँटबारे जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले केन्द्रलाई पठाउने बताइएको छ । यसरी जिल्ला संयन्त्रले स्थानीय तहका उम्मेदवारबारे वैशाख ३ गतेभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले वैशाख ५ गतेभित्र केन्द्र संयन्त्रलाई निर्णय पठाउने बताइएको छ ।

गठबन्धन दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रले गरेका निर्णयहरू :

१. महानगरपालिका, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
२. नगरपालिका र गाउँपालिकाको क्रमश: प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा, अध्यक्ष तथा सदस्यहरुको सिट बाँडफाँट जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।
४‍. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई-दुई जना प्रतिनिधि रहने ।
५‍. प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ-आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिनेछ ।
६‍. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्नेछ ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...