Friday 25th September 2026

श्रीलंकाले तत्कालका लागि विदेशी ऋण नतिर्ने


श्रीलंकाको अर्थ मन्त्रालयले केही समयका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताउँदै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न सरकारले आपतकालीन उपाय अपनाइरहेको बताइएको छ ।

श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएका छन् । सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न सकेको छैन । श्रीलंकामा यतिबेला दैनिक उपभोग्य वस्तु पनि प्राप्त हुन सकिरहेको छैन भने नागरिकहरू दैनिक रुपमा सडकमा उत्रिएर सरकारको विरोध गरिरहेका छन् ।

गम्भिर आर्थिक संकटमा रहेको श्रीलंकाले विदेशी अनुदान सहयोग प्राप्त गर्नु अघि नै ऋण नतिर्ने घोषणा गरेको छ भने विदेशी मुद्रा संचिती जोगाउनको लागि आयात रोकेको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...