Sunday 8th February 2026

ट्राफिक कार्यालय सहयोगीलाई सम्मान तथा अन्तरक्रिया सम्पन्न”


काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत ४२ जना ट्राफिक प्रहरी कार्यालय सहयोगीहरूलाई एक कार्यक्रमबीच खादा लगाएर सम्मान गरेको छ ।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीहरूलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी प्रदान गर्नुका साथै खादा लगाएर सम्मान गर्नुभएको हो । सोही कार्यक्रममा एसएएसी जोशीले उक्त प्रहरी कर्मचारीहरूसँग अन्तरक्रियासमेत गर्नुभएको छ ।
उक्त अवसरमा एसएसपी जोशीले बधाई दिनुहुदैँ आगामी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप इमान्दारी, क्रियाशिल र समर्पित भई सेवा गर्नहुन निर्देशनसमेत दिनुभयो ।
उहाँले नेपाल प्रहरीको श्रेणी विहीन पदमा रही बिगत लामो समय देखि कार्यालयको कामकारबाहीमा सहयोग गरिरहेका प्रहरी कर्मचारीको स्तर निर्धारण हुदाँ कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै काम गर्ने प्रहरी कर्मचारीमा थप उत्प्रेरणा र मनोवल उच्च भएको पनि बताउनुभयो ।
यस ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ५ जना पञ्चम स्तर, ११ जना चतुर्थ स्तर, १३ जना तृतीय स्तर, ८ जना द्धितीय स्तर र ४ जना प्रथम स्तरमा स्तर निर्धारण भएका छन् ।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...