Tuesday 31st March 2026

कविताः म को हुँ -सीता देवी


म को हुँ?
शब्द भने पनि म,
ब्रह्म भने पनि म हुँ।
अनंत आकाश पनि म,
अखंड पृथिवी पनि म हुँ।

हवापनि म पानीपनि म,
दिनको तातो घामपनि म,
रातको शितलतापनि म हुँ।
जन्मपनि म , मृत्युपनि म,
आनंदको हर्षौल्लासपनि म,।

वेदनाको आंसूपनि म हुँ
तृष्णामा आतुर भएको प्राणीको
प्राणपनि म,
उड़ीँ रहेको बादलपनि म हुँ
माटोमा मिलेको खरानीपनि म,।

जन्मिरहेका कपिलापनि म हुँ
सत्यपनि म असत्यपनि म,
सुकेको वृक्ष्यपनि म,
फलफूलले भरिएको हरियालीपनि म हुँ।
सागरको गहराईपनि म,।

हिमालको उच्चाईपनि म हुँ
अमृतपनि म,
समुद्रतलको हलाहलपनि म हुँ
अन्धारोपनि म, उज्जालोपनि म ,
हर्षपनि म ,विषादपनि म हुं।

विश्वको कण कणमा फैलिएको
राम्रोपनि म, नराम्रोपनि म हुँ
र त साथी,
नसोधो मलाई,
म को हो?
म नै म हुँ।

सीता देवी,बिहपुरीया
लखिमपुर(आसाम) भारत।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...