Tuesday 31st March 2026

कविता: सम्झौता -नारायण कोइराला


सानो झुपडीमा
हुर्केका थियौ
माटो र धुलो संग
खेलेका थियौ
कहिले काँही झगडा
गर्दैगर्दा कहिल्यै
नबोल्ने कसम खाने गर्थ्यौ
अलिकति साथीलाई
दुःख पर्यो भने सबै मिली
कसम तोड्ने गर्थ्यौँ
त्यो निस्वार्थ कसम थियो
त्यसको बादलमा
कुनै सम्झौता थिएन
थियो त,केवल
माया ममताको सागर थियो
नत बदलामा कसैले
केही माग्ने गर्थ्यो
आज धुलो माटोबाट
अलिकति माथि पुगेकाहरु
नयाँ सम्झौता गर्छन्
सम्झौता त सम्झौता नै हो
तर भिन्नता देख्न पाइन्छ
धुलो माटोको सम्झौताले
सही बाटोतिर लान्थ्यो
फरक यत्ति हो
आजको संझौताले
उसको सफलतामा
झण्डा समाउनु पर्छ
सधैं एउटा झण्डा मुनी
बाँचेको उ
अनेक झण्डाको
दाऊ पेचमा
होमिनु पर्छ
जीत उसको हुन्छ
हार्यो भने उल्टै
धुलोमाटे साथीलाई
दोष दिन्छ
यो सम्झौता कहिले सम्म
धुलेमाटे साथीको मन पोल्छ

अनि,
धुलेमाटे साथी एकान्तमा
सोंचिरहन्छ ,सोंचिरहन्छ!!

नारायण कोइराला
तानसेन पाल्पा।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...