Thursday 22nd January 2026

राजेशराज गड्तौलाका केही टुक्का कविताहरू


केही टुक्का कविताहरू
१.
दिलमा राखेको थिएँ, छोडेर गयाै
आफ्नो ठानेको थिएँ, पराइको भयौ ।
२.
राजनीति देख्दा यो लाजनीति जस्तो लाग्छ
नेताहरूको चाला देख्दा घृणा मात्रै जाग्छ ।
३.
देशको विकास गर्ने युवा खाडीतिर जान्छन्
तिनै युवाहरूलाई बेचेर नेताले खान्छन् ।
४.
देशको बजेट जति सबै खल्तीभित्र हाले
त्यही पैसाले अनि आफ्ना साला जेठान पाले ।
५.
मनमा चाहना भए सबै पूरा हुन्छन्
पुकारे भित्रैबाट देवता पनि सुन्छन् ।

✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...