Friday 13th March 2026

अफसपा (कालो कानुन) हटाएको एउटा टेस्ट मात्रै हो -रियो


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले भने कि कोहिमा, वोखा तथा तुवेनसाङको केही भागहरूबाट अफसपा हटाएको केन्द्र सरकारले एउटा टेस्ट गरेको मात्रै हो ।

हिजो चुमुकेदेमा पुलिस कम्प्लेक्समा राज्यका विभिन्न एनजीओ तथा सिभिल सोसायटी अर्गनाइजेसनद्वारा राखिएको एउटा बैठकमा उनले मीडियालाई बताए ।

उनले अगाडि भने कि सरकारले आफ्नो स्तरमा निरन्तर प्रयास जारी राखेको नै छ । फेरि पनि सरकारले लिएको पहलकदमीलाई हामीले स्वागत गर्नु पर्दछ ।
मुख्यमन्त्रीले अगाडि भने कि राज्यको धेरैवटा ठाउँहरूबाट अफसपा हटाउनुपर्छ ।त्यसको लागि कानून र व्यवस्था हामीले बनाएर राख्नु पर्ने भएको छ ।

उनले अगाडि भने कि ओटिङमा घटेको घटनाले यहाँसम्म आई पुगेको छ ।हामीले कानून र व्यवस्था बनाई राख्यौ भने हामीले हाम्रो लक्ष्यमा पुग्न सकिन्छ भन्ने आशा राख्न सकिन्छ ।

स्मरण रहोस् हिजोकै दिन पुलिस कम्प्लेक्स चुमुकेदेमामा राज्यका सबै एनजीओहरूको बैठक थियो ।
—-
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

प्रतिकृयाहरू
...