Wednesday 7th October 2026

बाल गीत -गुणनिधि घिमिरे


बाल गीत
~~~~~~~~~~~~~~~
बिरालोले खाएछ कराहीमा राखेको ।
बुबु माम मिठो थ्यो मैले पनि चाखेको ।।

मुसा मार्न गएको फर्किएर आएछ ।
भरे खान राखेको बुबु माम खाएछ ।।

साथी साथी खेलेर फर्की आउँदा यसरी ।
बुबु माम छैन त रोएँ म ता बेसरी ।।

चोरी खानु हुन्नथ्यो किन खाईस् बिरालो ।
अब मैले के खाने कति साह्रो पिरलो ।।
~~~~~~~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे
पाँचथर, मोरङ
हाल – अमेरिका


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...