Thursday 22nd January 2026

रामशरण न्यौपानेका पञ्चचामर छन्दमा केही टुक्काहरू


केही टुक्काहरू
(छन्द:पञ्चचामर)
१.
वसन्तले वनै नयाँ मनै नयाँ छ सुन्दरी
बनेर कृष्ण राधिका गरौँ उमङ्ग बेसरी।
२.
युवा विदेशिए सबै ऊठेन देशको मियो
रुँगेर बस्छु मै सधैँ यहाँ बतासको दियो।
३.
पुजेर बुद्धमूर्तिमा धरेर उच्च भावना
जितौँ भनेर युद्धको मनुष्य गर्छ कामना।
४.
बनेर ग्राह नै ठुलो कठोर राजनीति यो
सुलुक्क निल्न देश नै खडाभएर तम्सियो।
५.
मिले अनेक बार जो अनेक बार ती फुटे
गरेर जाल देश औ निरीह लोक नै लुटे।

✍️ रामशरण न्यौपाने
भक्तपुर ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...