Friday 29th March 2024

पत्रकार पाण्डेयको रिहाइको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन


दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि युएई स्थित आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो । पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले पत्रकार पाण्डेलाई युएई सरकारले विना सर्त रिहाइ गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो । उनीहरूले ‘परराष्ट्रको मौनता, राजदूतलाई हौसला, पराइ भूमिमा आफ्नैबाट नागरिक किन असुरक्षित, वाक स्वतन्त्रता हनन, लोकतन्त्रको उपहास’ लगायतका प्लेकार्डसहित विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसलाई आधार मानेर युएईको तल्लो अदालतले पत्रकार पाण्डेका नाममा २० हजार दिराम जरिवानासहित देश निकालाको अन्यायपूर्ण कारबाही सुनाएको भन्दै त्यसको पनि विरोध जनाइएको छ । पाण्डे पक्राउ हुनुमा नेपाली दूतावास आफैले युएई प्रहरीमा उजुरी गरेको  आधारमा युएईस्थि नेपाल राजदूत, डिसिएम र पिआरओको संलग्नतामा प्रष्ट देखिएको युथ काङ्ग्रेस नेपालले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘विदेशी भूमिमा रहेका नेपाली नागरिकको सहयोगार्थ खटिएको राजदूतावास स्वयम् आफ्ना नागरिकलाई अनाहकमा पक्राउ गराउन उद्यत हुनु अत्यन्तै निकृष्ट आचरण हो । नेपालमै रहँदा लेखिएको स्ट्याटसलाई आधार मानेर युएई अदालतले नेपाली पत्रकारलाई दिएको सजाय अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरीत हुनका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।’यससँगै घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याई पत्रकार पाण्डेलाई बिना सर्त रिहाइका लागि पनि माग गरिएको छ ।

यस अघि नेपाल पत्रकार महासंघ केन्द्रले पररास्ट्र मन्त्रायल नेपाल सरकार युएई दुतावासलाई ध्यानाकर्षण गर्दै पत्रकार पाण्डेयको रिहाईको लागि आवाज उठाउदै आएको छ  भने  महासंघका बिभिन्न  ८ मुलुकमा रहेका नेपाल पत्रकार महासंघ बैदेशिक शाखाहरुले समेत संयुक्त बिज्ञप्ति जारी गरि पत्रकार पाण्डेयको तत्काल रिहाईको माग राखेको थियो ।

 


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...