Friday 24th July 2026

पत्रकार पाण्डेयको रिहाइको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन


दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि युएई स्थित आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो । पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले पत्रकार पाण्डेलाई युएई सरकारले विना सर्त रिहाइ गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो । उनीहरूले ‘परराष्ट्रको मौनता, राजदूतलाई हौसला, पराइ भूमिमा आफ्नैबाट नागरिक किन असुरक्षित, वाक स्वतन्त्रता हनन, लोकतन्त्रको उपहास’ लगायतका प्लेकार्डसहित विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसलाई आधार मानेर युएईको तल्लो अदालतले पत्रकार पाण्डेका नाममा २० हजार दिराम जरिवानासहित देश निकालाको अन्यायपूर्ण कारबाही सुनाएको भन्दै त्यसको पनि विरोध जनाइएको छ । पाण्डे पक्राउ हुनुमा नेपाली दूतावास आफैले युएई प्रहरीमा उजुरी गरेको  आधारमा युएईस्थि नेपाल राजदूत, डिसिएम र पिआरओको संलग्नतामा प्रष्ट देखिएको युथ काङ्ग्रेस नेपालले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘विदेशी भूमिमा रहेका नेपाली नागरिकको सहयोगार्थ खटिएको राजदूतावास स्वयम् आफ्ना नागरिकलाई अनाहकमा पक्राउ गराउन उद्यत हुनु अत्यन्तै निकृष्ट आचरण हो । नेपालमै रहँदा लेखिएको स्ट्याटसलाई आधार मानेर युएई अदालतले नेपाली पत्रकारलाई दिएको सजाय अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरीत हुनका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो ।’यससँगै घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याई पत्रकार पाण्डेलाई बिना सर्त रिहाइका लागि पनि माग गरिएको छ ।

यस अघि नेपाल पत्रकार महासंघ केन्द्रले पररास्ट्र मन्त्रायल नेपाल सरकार युएई दुतावासलाई ध्यानाकर्षण गर्दै पत्रकार पाण्डेयको रिहाईको लागि आवाज उठाउदै आएको छ  भने  महासंघका बिभिन्न  ८ मुलुकमा रहेका नेपाल पत्रकार महासंघ बैदेशिक शाखाहरुले समेत संयुक्त बिज्ञप्ति जारी गरि पत्रकार पाण्डेयको तत्काल रिहाईको माग राखेको थियो ।

 


सम्बन्धित शीर्षकहरु

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

प्रतिकृयाहरू
...