Tuesday 31st March 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १६


स्रष्टा परिचय
नाम : जनक कार्की
आमा – विष्णु कुमारी कार्की
बुवा: कृष्ण बहादुर कार्की
जन्मस्थान : तानसेन- ५
ठेगाना: तानसेन -३ पाल्पा

योग्यता : प्लस टु
विधा: कथा, कविता, समीक्षा, स्तम्भ लेखन
प्रकाशित कृति: अनुहारको भीड संयुक्त कविता सङ्ग्रह

रचना
कविता – बलात्कार

१) कुनै न्युक्लिएर बमभन्दा
हजारौं गुणा विध्वंसकारी हुनसक्छ
कामुक पुरुषको लिङ्ग !

२) ब्रम्हाजी
दरिद्र पुरुषको सिर्जना गर्न बन्द गरिदेऊ

तिमीले बनाएको
बहुलाएको पुरुषभन्दा
बैज्ञानिकले बनाएको रोबर्ट
धेरै सुरक्षीत र अनुशासीत छ !

३) फेरि पनि बलात्कार भएको छ
सडकमा मैनबत्ती प्रज्वलित हुने छ
यसपटक मैनबत्तीको ठाउँमा
बलात्कारी पुरुषलाई जलाएर हेर
अर्कोपटक मैनबत्ती जलाउन पर्ने छैन !

४) कुनै पनि दृश्य कामुक हुँदैन
कामुक हुन्छ त दृष्टि !

५) केही मान्छेहरू
विश्लेषण गर्दै छन्
छोटो कपडा बलात्कारको कारण हो

त्यहाँ कोहि थिएन कि
बलात्कार छोटा कपडाले होइन
छोटो मानसिकताले हुन्छ भनेर व्याख्या गर्ने !

६) नारीहरू
नंग्न हिँडिदेऊ
तिम्रो स्तनलाई सितन देख्नेहरू
बताइदेऊ
बलात्कारीको विर्य यसैबाट बनेको हो

छर्लङ्ग देखाइदेऊ
योनी र भनिदेऊ
जुन योनीमा आफ्नो बहुला वासना पोख्ने सोच्दै छन्
यहि बाटो हुँदै आएका हुन् धर्तीमा !


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...