Thursday 22nd January 2026

निर्मला सुवेदीका दमदार पाँच पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग
———-

कुकुरले खाने कलो सम्झियौ तिमीले
फाली बिनाको त्यो हलो सम्झियौ तिमीले
तिम्रो प्रिय पात्र बन्न सक्दिन कदापि
उम्किए पछिको थलो सम्झियौ तिमीले
सदाको लागि कूभलो सम्झियौ तिमीले।


निद्रा खुलेपछिको रात बनायौ मलाई
तिमीले भाँचिएको हात बनायौ मलाई
चाहनु भूल थिएन होला अवश्य मेरो
झोकमा हिर्काएको लात बनायौ मलाई
मजाकमा मारिने बात बनायौ मलाई।


लाग्दैछ नि आज काकाकुल बनायौ मलाई
ओइलिएर झरेको फूल बनायौ मलाई
कहिले कसरी कहिले कसरी पत्तो छैन
स्वागतमा झुन्डिएको तुल बनायौ मलाई
कतै नचाहिने कन्दमूल बनायौ मलाई ।

एक बार होइन पीडा लगातार सहेको छु
कहन नसक्ने अति कठिन भार सहेको छु
सुखदुःख केही होइन दुइ दिनको यो चोला
आफन्तको बीचमा आज जीत हार सहेको छु
यहाँ इज्जतले गर्दा हजार मार सहेको छु।


बुझाउन नसकेर कैयौंपटक यो दिल दुखेको छ
खटाउँदा हजार कष्ट पानी हैन रगत सुकेको छ
हजारौं चुनौतीको सामना गर्दागर्दै वाक्क बन्यो मन
पानीले होइन हजुर यी आँसुले सिरानी रुजेको छ
कति कुरा गरौं र आज खोइ समय धेरै गुमेको छ।

✍️निर्मला सुवेदी,बागलुङ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...