Friday 24th July 2026

कुवेतको पुरानो बजारमा विशाल आगो लाग्यो


तितोपाटी-कुवेतको ऐतिहासिक पुरानो बजार अल मुबारकियामा आज विशाल आगो लागी भयो । जसका कारणले यसको सौन्दर्य मात्र भत्किएन करोडौ डलरको धनमाल पनि क्षति भएको छ ।खास गरेर ईरानी मार्केट समेत का नामबाट चिनिने उक्त बजार कुवेत स्थित मुर्गाबमा पर्दछ । एकदमै व्यस्त बजारको रुपमा चिनिएको ठाउँमा स्थानिय नागरिक देखि विदेशीहरुले समेत घुमफिर र खानपिन तथा किनमेल गर्ने प्रमुख व्यपारिक केन्द्र पनि हो ।

आज अपरान्ह तीन बजेर २० मिनट जादा त्यस बजारमा ओगो लाग्न शुरु भएको थियो । करिब २० वटा दोकान उक्त आगलागीबाट पूर्णरुपमा ध्वस्त भएका छन भने अन्य धेरै स्टोरहरुमा पनि क्षति पुगेको छ । सागुरा गल्ली भित्र दोकान नै दोकान भएको सो बजारमा दमकल पस्न पनि गाहो थियो । मानिसहरुको भिडभाडको समय भएकाले फायर फाईटरहरुलाई मानिसको भिड पन्छाएर काम गर्न पनि सकस भएको थियो ।

आग लाग्न शुरु भएको एक घण्टामा फायर फाईटरहरुको समुह ले ठुलठुला ज्वाला र धुवाको मुश्लो लाई नियन्त्रणमा लिन सफल भएका थिए । उक्त कार्यका लागि फायर फाईटरका ८ वटा व्रिगेटले निरन्तर रुपमा घण्टौ संघर्ष गर्न परेको थियो ।आगलागिबाट करिब करिब १४ जना घाईतेको घट्ना स्थलमा नै उपचार गरिएको थियो भने ४ जना लाई नजिकै रहेको अमिरी अस्पतालमा र १ जनालाई अल बबटेन सेन्टरमा उपचारका लागि लगिएको थियो । ईश्लाम धर्मको पवित्र पर्व रमजानको मुखैमा भएको उक्त आगलागि के कारण ले भएको थियो भन्ने प्रष्ट भईसकेको छैन ।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...