Thursday 25th September 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९६ औं काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९६ औं काव्य श्रृङ्खला यही मिति २०७८ साल चैत्र १६ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं वरिष्ठ साहित्यकार कलानिधि दाहाल, गंगा लिगल,सिता सुवेदीको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकालको स्वागत मन्तव्य अनी चुडा निर्भिकको कुशल उद्घघोषणमा भएको कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना रचना कविता,खोरिया,सुसेली,मुक्तक,वाचन गर्नुभयो ।

अन्य अतिथि साहित्यकारहरु क्रमशः खगेन्द्र बस्याल, लक्ष्मी प्रसाद मिश्र, दुर्गा भमरकोटे, नारायण प्रसाद निरौला, चन्द्रावती अधिकारी, उर्मिला पन्त पाण्डेय, द्वारिका कुईकेल, विनुबाबा घिमिरे, शारदा आचार्य, मुक्ति पोखरेल, सीता घिमिरे, रस्मी रिमाल, सुधा बास्कोटा ढकाल गरी १९ जना सर्जकहरुलेआ-आफ्ना रचन कविता,खोरिया,सुसेली वाचन गर्नु भयो ।

वरिष्ठ साहित्यकार कलानिधि दाहालले सिर्जनालाई अभ्यास र समर्पण चाहिन्छ,साहित्यको ठूलो विधामा कलम चलाए छोटा विधाहरु सजिलै लेख्न सकिन्छ तर छोटा विधामा रमाएर साहित्यकार नै बन्न सकिदैन भन्नु हुँदै रचना सुनाउनु भयो । अर्का विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरिको नियमित कार्यक्रम र विधागत कार्यक्रमले स्रष्टालाई लेखनमा विविधता दिएको उल्लेख गर्नु हुँदै अझ बढी प्रगतिको कामना गर्दै आफ्नो रचना सुनाउनु भयो ।

अन्तमा अध्यक्ष जनार्दन अधिकारी धड्कनले सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै ४ खोरिया र बुढ्यौली साहित्य सिर्जना कविता वाचनको साथ कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...