Wednesday 1st April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९६ औं काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९६ औं काव्य श्रृङ्खला यही मिति २०७८ साल चैत्र १६ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं वरिष्ठ साहित्यकार कलानिधि दाहाल, गंगा लिगल,सिता सुवेदीको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकालको स्वागत मन्तव्य अनी चुडा निर्भिकको कुशल उद्घघोषणमा भएको कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना रचना कविता,खोरिया,सुसेली,मुक्तक,वाचन गर्नुभयो ।

अन्य अतिथि साहित्यकारहरु क्रमशः खगेन्द्र बस्याल, लक्ष्मी प्रसाद मिश्र, दुर्गा भमरकोटे, नारायण प्रसाद निरौला, चन्द्रावती अधिकारी, उर्मिला पन्त पाण्डेय, द्वारिका कुईकेल, विनुबाबा घिमिरे, शारदा आचार्य, मुक्ति पोखरेल, सीता घिमिरे, रस्मी रिमाल, सुधा बास्कोटा ढकाल गरी १९ जना सर्जकहरुलेआ-आफ्ना रचन कविता,खोरिया,सुसेली वाचन गर्नु भयो ।

वरिष्ठ साहित्यकार कलानिधि दाहालले सिर्जनालाई अभ्यास र समर्पण चाहिन्छ,साहित्यको ठूलो विधामा कलम चलाए छोटा विधाहरु सजिलै लेख्न सकिन्छ तर छोटा विधामा रमाएर साहित्यकार नै बन्न सकिदैन भन्नु हुँदै रचना सुनाउनु भयो । अर्का विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरिको नियमित कार्यक्रम र विधागत कार्यक्रमले स्रष्टालाई लेखनमा विविधता दिएको उल्लेख गर्नु हुँदै अझ बढी प्रगतिको कामना गर्दै आफ्नो रचना सुनाउनु भयो ।

अन्तमा अध्यक्ष जनार्दन अधिकारी धड्कनले सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै ४ खोरिया र बुढ्यौली साहित्य सिर्जना कविता वाचनको साथ कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...