Friday 24th July 2026

शुक्रबार हुने रक्तदान कार्यक्रममा सहभागी हुन नेपाली दुतावास कुवेतको अनुरोध


तीतोपाटी – नेपाली राजदूतावास कुवेतले आउदो शुक्रबार  रक्तदान कार्यक्रम आयोजना  गर्दैछ । नेपाल र कुवेत सम्बन्धको ५० वर्ष पुगेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । सन्‌ १९७२ मा नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भई यो वर्ष (सन्‌ २०२२ मा) ५० वर्ष पुरा भएको अवसरमा सन २०२२ भरि नै विविध कार्यक्रम गरी मनाउने क्रममा नेपाली राजदूतावास कुवेतले “रक्तदान जीवनदान” जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको नेपाली दुतावास कुवेतले जनाएको छ ।

आउदो  शुक्रबार अर्थात् मार्च २५ मा हुन लागेको मानवीय कार्य पबित्र कार्यमा सहभागी भई रक्तदान गर्नुहुन कुवेतमा क्रियाशील नेपाली संघ सस्था समाजसेवी बुद्दिजिबी लगायत सम्पूर्ण कुबेतबासी नेपालीहरुमा अनुरोध  समेत गरेको छ।  रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा  स्वाथ्यकर्मीहरुबाट  स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्न  सकिने दूतावसले जनाएको छ । यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली राजदूतावास कुवेतले आग्रह गरेको छ ।नेपाली  दूतावास कुवेतको आयोजना तथा नेपाली समुदाय कुवेतको सहयोगमा कुवेतको जाब्रिया स्थित  सेन्ट्रल ब्लड बैंकमा  आउदो   शुक्रवार दिनको १ बजेबाट  रक्तदान कार्यक्रम शुरु हुने  दुतावासले जनाएको छ ।

रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र रक्तदान गरे पस्चात ध्यान दिनुपर्ने कुराहरू :

रक्तदान गर्नु भन्दा पहिलेः
१) साधारण पौष्टिक खाना खाने, भोको पेट हुनु हुन्न ।
२) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने ।
३) अघिल्लो रात प्रसस्त सुत्ने ।
४) आफ्नो परिचय पत्र (सिमिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाले ।

रक्तदान गरी सके पश्चात:
१) केही हल्का खाजा खाने वा जुस पिउने ।
२) पानी वा जुस प्रसस्त पिउने ।
३) घेरै हिडडुल नगरि केही बेर आराम गर्ने ।
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने ।

रक्तदान कार्यक्रमको विवरणः
मितिः शुक्रबार, २५ मार्च २०२२ ।
समयः दिउसो १ बजेदेखि ।
स्थानः सैन्ट्रल ब्लड बैंक, जाब्रिया, कुवेत सिटी ।

उल्लिखित रक्तदान कार्यक्रमबारे निम्न बमोजिमको नम्वरहरूमा सम्पर्क गरी रक्तदान बारे बिस्तृत जानकारी लिन सकिने छ ।
१) ९८८६९१२१ – द्वितीय सचिव जानकी ओझा ( नेपाली राजदूतावास)
२) २५३२१६०३ – द्वितीय सचिव श्रीकृष्ण सिलवाल (नेपाली राजदूतावास)
३) +९६५-६९६१४९९४- राजु गुरूङ (नेपाली समुदाय)
४) +९६५-५५५४१३७१ – खोप गुरूङ (नेपाली समुदाय)



सम्बन्धित शीर्षकहरु

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

फ्रान्स र स्पेनमा भीषण डढेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको दक्षिण-पश्चिमी तटस्थित काप फेरेट प्रायद्वीप पूर्ण रूपमा…

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को अनुसन्धान प्रक्रिया र प्रमाण संकलनमाथि गम्भीर प्रश्न उठेको छ। आयोगले दायर गरेका मुद्दामध्ये झण्डै…

प्रतिकृयाहरू
...