Wednesday 1st April 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९४ औं काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९४ औं काव्य श्रृङ्खला यहि मिति २०७८ साल चैत्र २ गते सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत प्रसाद उपाध्याय ज्यूको प्रमुख आतिथ्यता,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषिको विशिष्ठ आतिथ्यता अनि सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घघोषणमा भएको कार्यक्रममा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको पूर्ण स्वास्थ्य लाभको कामना गरी कार्यक्रम शुरु गरियो ।

कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना रचना कविता,खोरिया,सुसेली,गजल आदि वाचन गर्नुभयो । कार्यक्रममा साहित्यकारहरु क्रमश…. चुडा निर्भिक, खगेन्द्र प्रसाद बस्याल, लक्ष्मी प्रसाद मिश्र ,दुर्गा भमरकोटे, निर्मल पराजुली, उर्मिला पन्त पाण्डेय, द्वारिका कुईकेल, विनुबाबा घिमिरे, चन्द्रकला अधिकारी,सुरेश घिमिरे, सरस्वती श्रेष्ठ,शारदा आचार्य, सीता घिमिरे, नरायण प्रसाद निरौला,सुधा बास्कोटा ढकाल गरी २१ जना सर्जकहरुलेआ-आफ्ना रचना वाचन गर्नु भयो ।

प्रमुख अतिथि जगत उपाध्यायले स्रष्ठाको कलममा विचार र सिर्जनाको सन्देश हुनु पर्छ,सिर्जनाले समाज,देश र विश्वलाई छुनु पर्छ त्यो स्रष्ठा महान बन्छ भन्नु भयो ।खोरिया प्रवर्तक धड्कनले खोरियाकै शैलीमा खोरिया सिद्धान्त सुनाउनु भो,यो खुशीकै कुरा हो तर नया काम गर्दा समस्या पनि छ फेरी आफै खनेको बाटो विस्तर गरेर,पिच गरेर फिलिलिलि गाडी गुडाउँदाको मज्जा बेग्लै छ भन्नु हुँदै आफु परिष्कार हुँदै बढ्न शुभकामना व्यक्त गर्नु भयो ।

कलानिधि दाहाल,गंगा लिगलले चन्द्रागिरिको नियमित कार्यक्रमको प्रशंसा गर्दै आफ्नो रचना सुनाउनु भयो ।

अन्तमा जनार्दन अधिकारी धड्कनले मेरो स्वास्थ्य लाभको कामनाको विशेष सूचना संप्रेषण गर्नु हुने चुडा निर्भिक,सिता पाण्डे,सुधा बास्कोटा,पन्चाङ्ग प्रवर्तक,विनेसास महासचिव एबं झरका प्रवर्तक शिव खनाल,उदक प्रवर्तक आर्त अकुलिन,लक्ष्मी प्रसाद मिश्र,शारदा आचार्य एबं मेरो स्वास्थ लाभको कामना गर्नु हुने सम्पूर्ण संघ संस्था र महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण स्रष्टाहरूमा आभार व्यक्त गर्दै खोरिया वाचनको साथ कार्क्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...