Friday 26th April 2024

त्रिकोणात्मक शृंखलामा नेपालको पपुवा न्युगिनीविरुद्ध रोमान्चक जित


यूएईमा जारी आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटकाे रोमाञ्चक जित हासिल गरेको छ । नेपालसामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छदै  ८ विकेटको क्षतिमा  पुरा गरेको थियो  । यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो । पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाएका थिए भने चार्ल्स  पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरेका थिए साथै  चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडेक थिए  ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले एक/एक विकेट लिए । ब्याटिङतर्फ नेपालका रोहित पौडेल र आरिफ शेखले अर्धसतक बनाएका थिए  ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...