Saturday 27th April 2024

प्रहरी वरिष्ठ उपरिक्षक उमेश राज जोशीबाट ट्राफिक नियन्त्रण तालिमको उद्‍घाटन


तीतोपाटी डटकम- काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४३ औं समूहको प्र.ह./प्र.ज.ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज आइतबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त तालिमको उद्‍घाटन गरेका हुन् । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै व्यक्तित्व बिकासमा समेत सघाउ पुर्‍याउने बताए ।

ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरुलाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानविय तथा भौतिक श्रोत साधनहरुको उच्चतम प्रयोग गरि सडक प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनुपर्नेमा उनले जोड दिए ।

प्रशिक्षार्थीहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्नुहुँदै तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशिल र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ७५ जना गरी कुल ७७ (१२ महिला सहित) जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।
उक्त तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा महानट्राफिक महाशाखा तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...