Sunday 13th July 2025

कविता : पैसा -सविता के. सी.


विनिमयको माध्यम भन्थे त्यो पैसा
तर मान्छेको जीवन पो बन्यो
मान्छे पैसा पैसा भन्छ
पैसा मात्र कमाउन थाल्यो ।

हुन त नीति पनि त्यस्तै बन्यो
घरघरमा भकारी गाउँगाउँमा सरकारी
सहकारी पैसाको खेती गर्ने ठाउँ
कम पैसा राखेर बढी बनाउने काम ।

मानिस बाँच्नका लागि मात्र हैन
जमाउनका लागि पनि पैसा चाहिन्छ
पैसाकै लागि जीवन खर्चिन्छ र
पैसाकै लागि जीवन सकिन्छ ।

मानिसले सुख र खुसीको अनुभूति बिर्सियो
आफन्तको माया र अपनत्व नै भुल्यो
मानिसले आफू मानिस हुनुको अर्थ नै जानेन
केबल पैसा कमाउनु र जमाउनुमा मात्र भुल्यो ।

खानामा पैसा चाहिने, सुत्न पैसा चाहिने
खानेकुरा र विछ्यौनाको त अर्थ नै रहेन
घटाघटीमा उपचार छैन पैसा चाहिने
पैसा भए मात्र आफन्त आफ्नो पाइने ।

शिक्षाको व्यापार चल्यो, पैसाको खेती
माटोको व्यापार बढ्यो आकाशे खेती
अक्षर चिनाएर पैसा लुट्छन् यहाँ
घरबारविहिन बनाएको कमिसन लिन्छन् यहाँ ।

जीवन बेेच्छन् र पैसा लिन्छन्
इमानदारीतालाई पैसामा साट्छन्
भातृत्वको खेल हुन्छ दिनहूँ
अंशअंश टुक्र्याएर चाट्छन् ।

लाग्छ पैसाले मात्र बनेको छ संसार
पैसाले भोट खरिद बिक्री हुन्छ
मैले एउटालाई हालेको भोट अर्कोलाई जान्छ
मेरो नामको भत्ता अर्कैले खान्छ ।

धर्ति बेचे, पानी बेचे, बेचे आमा पनि
आफू बेचे, इज्जत बेचे, बेचे स्वाभिमान अनि
पैसाभन्दा ठुलो कुरा आए हुन्थ्यो अब
पैसा पनि पत्रु हुने दिने आउँथ्यो तब ।

सविता के.सी. काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - गुलेली काव्य "लक्ष्य" को तानसेन पाल्पामा लोकार्पण भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना…

झापाली समाज कुवेत को छैटौँ अधिवेशन कुवेत मङ्गाफस्थित डिलाईट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली…

जब हामी ब्रह्माण्डको सबैभन्दा अचम्मलाग्दो र रहस्यमय गाउँहरूको बारेमा कुरा गर्छौं, तब न्युट्रोन तारा सधैं शीर्षमा हुन्छ। यो आकारमा सानो…

प्रतिकृयाहरू
...