Thursday 25th September 2025

सोमनाथ लुइटेल “रवि पाल्पाली” का समपञ्चाङ्ग १(एक) र ५( पाँच) पञ्चाङ्गहरू


” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

पञ्चाङ्ग ०१

दिलको सुख मायाको मोल कहाँ पाइन्छ
मलम अनि आँखाको झोल कहाँ पाइन्छ
आनन्दले बस्ने थिएँ साथमा साथ पाए
मनलाई नै ढाकिने खोल कहाँ पाइन्छ
सुख, शान्तिले बस्ने त्यो टोल कहाँ पाइन्छ ।

पञ्चाङ्ग: ०२

पिरमा आँखा पनि किन रसाउने गर्छ
चमेली फुल जस्तो सधैँ बसाउने गर्छ
मनको तारले बाँधेसी दुरि हुन्न टाढा
तिक्तता बोलिले कहिले हँसाउने गर्छ
सत्यले सधैँ यथार्थमा कसाउने गर्छ।

पञ्चाङ्ग ०३

कसैको नाममा बिक्ने भएँ आज
नजानेर होला सिक्ने भएँ आज
आँखाको तारा भएँ सधैँ उनैको
दु:ख सुख गर्दै टिक्ने भएँ आज
प्रसाद मायाको झिक्ने भएँ आज ।

पञ्चाङ्ग ०४

तिमी र म बिच झगडाको चर्चा चलायौ
सम्बन्धा कायम गराउन अर्चा चलायौ
झगडालाई धुप हाल्ने हाम्रो कुसंस्कार
जनता दुषित बनाउन मर्चा चलायौ
आफू जोगिनलाई तिमीले पर्चा चलायौ ।

पञ्चाङ्ग ०५

सानो तिनो कुरामा झगडा हुन्छ साथी
त्यही झगडाले सधैँ मन छुन्छ साथी
भविष्यमा सम्झनाको फूल बन्नु पर्छ
दु:ख पर्दा आँखाले नै मन धुन्छ साथी
कोही नहुँदा सधैँ हृदय रुन्छ साथी।

समपञ्चाङ्ग १

देशको लागि कहिले मर्न सक्छौ नेता ?
गरिबको खाली पेट भर्न सक्छौ नेता ?
भ्रष्ट भयौ जनताको कर खाएकै छौ ,
कागजमा नै कार्वाही गर्न सक्छौ नेता ?
जनताको पाउ कैले पर्न सक्छौ नेता

तिमी दुखिको घरमा चर्न सक्छौ नेता?
गरिबको दु:ख दर्द हर्न सक्छौ नेता ?
यति गर्छौ भने आउनु घर घरमा ,
के आधारात तिमी झर्न सक्छौ नेता ?
अँध्यारोमा खोली तर्न सक्छौ नेता?

सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...