Sunday 16th August 2026

मलेशियामा आगामी अप्रिल १ देखि विदेशी पर्यटकका लागि प्रवेश खुला गरिने


मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारीका कारण मलेसियाले सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो ।

श्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निश्कर्ष निकालेका हुन् । दक्षिण
पूर्वी एसियाली मुलुक मलेसियामा पर्यटकहरुको ठूलो भीड लाग्ने गर्दछ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३०…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बिहान…

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

प्रतिकृयाहरू
...