Sunday 8th March 2026

नारी दिवसको अवसरमा पाँच टुक्का कविताहरू -तारा घिमिरे


१.
उदाउनु पर्छ अब नारी सृजनाको घाम बनेर
देखाउनु पर्छ सक्षम र प्रगतिशील हुन् भनेर ।
२.
हरेक काममा सक्षम छौँ छैन केहि कमजोरी
भृकुटी सीता उमा गौरी दुर्गा सरस्वती म छोरी ।
३.
हेप्ने अत्याचार बलात्कार गर्ने कुरा नसोचे हुन्छ
नारी सम्मान नगरी चित्त दुखाउदा संसार रुन्छ ।
४.
जहाँ नारी सम्मान हुन्छ उहीँ लक्ष्मीको बास हुन्छ
नारीको सक्रियताले प्रगतिको शिखरमा छुन्छ ।
५.
एकसय बाह्रौं यो नारी दिवस मनाउने चाहना
सम्पूर्ण विश्व भरका नारीहरूलाई शुभकामना ।

✍️ तारा घिमिरे
सङ्खुवासभा ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...