Sunday 12th May 2024

नेपालको चुच्चे नक्स समेटिएको एक रूपैयाँको सिक्का चलनचल्तीमा आउँदै


नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ ।

सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अंकित गरिएको छ । त्यसकै मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथाको चित्र बाहिरपट्टि माथिल्लो भागमा बिचमा नेपाल लेखिएको छ भने दायाँ बायाँ चन्द्र, सूर्य आकृति राखिएको छ त्यसै गरि सगरमाथाको बाहिरी दायाँ बायाँ कोठामा चक्र, संख, पद्य, गदाको साना आकृति राखिएको छ ।


सम्बन्धित शीर्षकहरु

सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ।…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

नारायण कोइराला - "हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ" भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ…

प्रतिकृयाहरू
...