Sunday 11th January 2026

भक्तपुरको दधिकोटमा महिलामाथि एसिड आक्रमण, श्रीमान पक्राउ


तीतोपाटी डटकम -भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया पूजा गुभाजु घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीलाई नियन्त्रणमा लिइएको डिएसपी पाण्डेले बताए । साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो । एसिड आक्रमणबाट उनको टाउको र ढाडको भाग जलेको छ ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

प्रतिकृयाहरू
...