Thursday 22nd January 2026

दुर्गा रिजाल आचार्यका विभिन्न शीर्षकमा पाँच पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”

शीर्षक -“देश”


देशकै माटो बनाउनु छ हामीले ,
नेपाली भन्ने जनाउनु छ हामीले ।
गौरवान्वित हुँदै बाचौ हुन्न हामी,
आफ्नै माटोमा खनाउनुछ हामीले ,
प्रदेशिलाई तनाउनु छ हामीले ।

शीर्षक -“आमा”


संस्कार सगै वंश चलाउने मुलहौं तिमी आमा,
सृष्टि,सृजनाको साथ साथमा धुलहौं तिमी आमा।
यहाँ अधुरा कति हुन्छन् यात्रा आमा तिमी बेगर,
जिवनमा यात्रा कठिन छन् त पुलहौं तिमी आमा,
जुगौँ नओईलिने सुनखरी फूलहौं तिमी आमा।

शीर्षक -” पछुतो”


तिम्रो दिलमा पहिलो माया बास भयो,
सुरु सुरुमा खुब चौपट्टै खास भयो ।
सम्बन्धले पूर्णरूप दिन्छ भन्ने थियो,
सोच व्यार्थ रैछ बेकारमा नास भयो,
बचाउछु भन्दा त्यहि माया लास भयो।

शीर्षक -“सम्बन्ध ”


तिमीछौँ रत सानू म पनि बाँच्नुको अर्थ छ,
ति आज सम्मका यादहरु साँच्नुको अर्थ छ।
प्रिय कहिले पनि म संग टाढा नहुनु ल,
यस्तै सयौं मालाहरु उन्दै गाँस्नुको अर्थ छ,
अनि यादहरु समालेर हाँस्नुको अर्थ छ।

शीर्षक -“जिवन”


जिवनमा बस्नु पर्छ रमाएर सधैं हामीले ,
अन्त्यमा के लानु छर जादा कमाएर हामीले ।
खुसि हुँदै सबै संग मीठो बोलौ जति बाचिन्छ ,
बनाउनु छ यहाँ सम्बन्ध जमाएर हामीले ,
अवस्य मरिन्छ लगिन्छ के समाएर हामीले ?

✍️दुर्गा रिजाल आचार्य
मोरङ


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...