Thursday 2nd April 2026

निर्मला सुवेदीका आमा प्रति समर्पित केहि दमदार पञ्चाङ्गहरु


“पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”

०१
धर्तीमा पहिलो पाइला टेकायौ आमा मलाई
लाख कष्ट खेपी संसार देखायौ आमा मलाई
केही गर्न सकिन खै आमा तिम्रो खुशीमा मैले
नसुतेर रातमा लुगा फेरायौ आमा मलाई
असिम प्यारले काखमा खेलायौ आमा मलाई।

०२
प्यारमा पचायौ हजारौं ति लात आमा
इशारा नै काफी भयो बुझ्यौ बात आमा
तर खै मैले सकिन तिम्रो दुख बुझ्न
नसुतेरै कटायौ तिमीले रात आमा
चिन्ता मानिनौ बेच्दा बसेको थात आमा।

०३
सहेर लाख कष्ट त्यो जन्मायौ आमा तिमीले
काखमा अमृत धारा पिलायौ आमा तिमीले
सकिन आमा खै सुख दिलाउन मैले कसै
पहिलो मायाको पाठ सिकायौ आमा तिमीले
मेरो लागि त्यो जीवन बितायौ आमा तिमीले।

०४
अनपढ आफु भएपनि सिकायौ नाम तिमीले
हात समाइ समाइ सिकायौ सारा काम तिमीले
बितायौ कयौं रात नसुतेर पनि तिमीले आमा
प्यारले नै सिकायौ भातलाई भन्न माम तिमीले
रुँदा फकायौ झर्को नमानि दिएर दाम तिमीले।

०५
अरुको लाख भन्दा हुने प्यारो आमाको काख त्यो
बेकार हुन्छ प्यार बिनाको भएपनि लाख त्यो
सुखदुःख केहि होइन सन्तोष हो ठूलो यहाँ
कहिल्यै भुल्ने छैन आमा मैले तिम्रो चाख त्यो
कदापि बिर्सने छैन मैले आमाको साख त्यो।

निर्मला सुवेदी,बागलुङ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...