Thursday 2nd April 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १२


स्रष्टा परिचय
नाम-विष्णु भण्डारीआचार्य
जन्मस्थान- चाैबिसे गाउपालिका धनकुटा
माता पिता चन्द्रकला /प्रेम बहादुर भण्डारी
शिक्षा- स्नातक
पेशा-शिक्षण
कर्मथलाे- बेलबारी नगरपालिका -८ माेरङ

प्रथम प्रकाशित रचना – ऊ त नारी(कविता)

प्रकाशित कृतिहरु – मान्छेकाे भिडभित्र (कविता सङ्ग्रह २०७२)
-फेसबुक आईडी (लघुकथा सङ्ग्रह २०७८)

प्रकाशाेन्मुख कृतिहरु – कथा सङ्ग्रह
-शीत काव्य सङ्ग्रह
– बाल कविता सङ्ग्रह

रचना
लघुकथा—नारीदिवस

नारी दिवस मनाउन जानको लागि टोलभरीका दिदीबहिनीहरुले सखारै उठेर जीवन दैनिकीको विहानको मेलो तुर्न हतारो बढाइरहेकाथिए । मेनुकालाई पनि जान उक्साइरहेकाथिए साथीहरुले । ऊ पनि छिटोछिटो हात चलाइरहेकिथिई ।

कार्यक्रममा जाँदा कुन लुगा लगाउँने होला आज ! दराजमा भएका लुगा पल्टाउदै छान्दै गर्दैथिइन् मेनुकाकी सासु सुनकला ।

परिवारलाई विहानकाे खाना ख्वाउने काम सकी मेनुकाले । सासुको छेउमा गएर सानो आवाजमा मुन्टो थोरै झुकाउदै भनी “मम्मी, आज म पनि…”
“के म पनि ? छिटो भन, कुरा नअड्काइ ।” कठोर भाका निकालिन् सुनकलाले ।

“आज मलाई पनि नारीदिवसमा जाउँ भन्दैछन् साथीहरुले । ”भएभरको शाहस बटुलेर भनी ।

“कस्ताकस्ता हराइगए झुसिलकिराको दरबार ।
ए तँपनि अब नारीदिवस मनाउन जाने ?
न त तँलाई अगाडि गअर दुइ शब्द बोल्न आउछ, के जानु ”
सासुबुहारीका कुरा सुनिरहेकोथियो सन्तोषले ।
“ दोइजना जानु न त आमा, खेतालालाइ खाजापानी जसोतसो मै मिलाउला नि ।”

छोराका कुरासँगै नाकका पोरा फुले आमाका
“लुलुलु भयो सन्ताेषे, म जान्न, तेरै स्वास्नीलाइ पठा,मै गर्छु घरधन्दा मै पुर्याउछु खेतालालाइ खाजा ।ठस्केको बोलीमा प्रत भइन् सुनकला ।

आमा रिसाएको बुझी मेनुकाले ,भनी “भयो मम्मी म जान्न ,हजुर नै जानोस ।

मेनुका बाँकि रहेको कामधन्दा गर्न थाली ।
बेलुका सप्तकोशी एफएममा समाचार प्रशारण भइरहेकोरहेछ , मेनुकाले घरधन्दा गर्दै रेडियो सुनी ।

आज मार्च आठ ।
देशका विभिन्न ठाउँमा नारीदिवस भब्य र शभ्य तरिकाले मनाइयो । मोरङ जिल्लामा पनि नारीदिवसको अवसर पारेर जिल्लाभरीमा विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आउनुभएका पाँचजना महिलाहरु सम्मानित हुनुभयो । अरु चार जनाको नाम सहित अर्को नाम पनि सुनी मेनुकाले ।

सक्षम महिला समूह सन्चालन गरी नारी जागरण अभियानमा सातवर्षदेखि सक्रियरुपमा लागि पर्नुहुने कर्मठ महिला सुनकला खड्का पनि सम्मानित हुनुभएकोछ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...